-- Advestisement --
Home » Blog » जनकपुरमा आमाछोरीमाथि धारिलो हतियार प्रहार, छोरीको मृत्यु, दुई गम्भिर

जनकपुरमा आमाछोरीमाथि धारिलो हतियार प्रहार, छोरीको मृत्यु, दुई गम्भिर

By Kebal Tech

Published on:

Follow Us

न्यूज ब्यूरो, १३ साउन । जनकपुरमा गएराती अन्धाधुन धारिलो हतियार प्रहारबाट एक जना किशोरीको मृत्यू भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा सोमबार राति एक महिला र उनकी किशोरी छोरीमाथि धारिलो हतियार प्रयोग गरी गरिएको आक्रमणमा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार जनकपुरधाम वडा नम्बर ४ स्थित सूर्यनन्द चौधरीको घरमा डेरागरी बसिरहेकी ३५ वर्षीया आशा देवी यादव र उनकी १५ वर्षीया छोरी अञ्जली कुमारी यादवमाथि राति साढे ११ बजे खुकुरी प्रहार गरिएको हो। घटनामा संगै बसिरहेकी १४ वर्षीया राधा यादव पनि घाइते भएकी छन्। तीनै जना कोठामा रहेको बेला उनीहरूमाथि धारिलो हतियारले आक्रमण भएको जनाइएको छ।

प्रहरी अनुसन्धानका क्रममा धनुषा जिल्लाकै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९, इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साह कलवारले खुकुरी प्रहार गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहले पारिवारिक रिसिइबीका कारण आशा बस्दै आएको कोठामा पसेर अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन्। “आशाको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट पुगेको छ,” ।

घटनामा आशाकी छोरी अञ्जली कुमारी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घाइते अवस्थाका आशा यादव र राधा यादवलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।

प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको जनाएको छ। “खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छ, उनी हाल फरार छन्, तर लुक्न सक्ने सम्भावित स्थान पहिचान गरेर खोजी भइरहेको छ,” धनुषाका डिएसपी एवम् प्रवक्ता बरुण बहादुर सिँहले जनाए ।

प्रारम्भिक अनुसन्धानमा रामबाबु साह यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ। यसअघि करिब ५ बर्ष अगाडी आफ्नी पहिलो श्रीमतिलाई समेत हत्या गरेको घटनामा उनको संलग्नता रहेको स्थानीयहरु बताउँछन् । तेस्रो बिहे गरेका रामबाबु पुनः यस्ता घटना गरेका छन् ।

धारिलो हतियार प्रयोग गरी भएको यो आक्रमणले जनकपुरमा त्रासको वातावरण सिर्जना गरेको छ। मृतक अञ्जली यादवलाई अध्ययनका लागि आमाले डेरामा राखेको खुलेको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Comment